शुक्रबार, भदौ ५, २०८२
  • होमपेज
  • समाचार
  • चीनलाई सपोर्ट गरेको भन्दै भारतिय पत्रकारको घरमा दिल्ली पुलिसको छापा
समाचार

चीनलाई सपोर्ट गरेको भन्दै भारतिय पत्रकारको घरमा दिल्ली पुलिसको छापा

काठमाडौँ । दिल्ली पुलिसले मंगलबार बिहान भारतीय मिडिया न्यूजक्लिकसँग सम्बन्धित पत्रकारहरूको घरमा छापा मारेको छ।

केही समयअघि यो न्युज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो र इडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो।

विज्ञापन

यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको खबर छैन।

विज्ञापन

समाचार एजेन्सी एएनआईले न्युजक्लिकसँग सम्बन्धित ३० भन्दा बढी ठाउँमा छापा मारिरहेको जनाएको छ।

विभिन्न पत्रकारहरूले सामाजिक सञ्जालमार्फत् ल्यापटप र फोन जफत गरेको जानकारी दिएका छन्।

प्रेस क्लब अफ इन्डियाले पत्रकारको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक भएको जनाएको छ।

गत अगस्टमा केन्द्रीय मन्त्री अनुराग ठाकुरले न्युज क्लिक्स भारत विरोधी भएको बताएका थिए।

उनले चिनियाँ कम्पनीहरूले न्युज क्लिकलाई आर्थिक सहयोग गरेकोसमेत आरोप लगाएका थिए।

भारत विश्व प्रेस स्वतन्त्रा सूचकांकमा तीव्र गतिले तल झर्दै गइरहेको छ। प्रेस स्वन्त्रतामा भारत जी(२० देशको सबैभन्दा तल रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस