भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४ नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा शनिबार करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो ।
विज्ञापन
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका निजको भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु