शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको टाँडीमा एक पसलमा आगोलागी हुँदा ३५ लाख बराबरको क्षती
समाचार

चितवनको टाँडीमा एक पसलमा आगोलागी हुँदा ३५ लाख बराबरको क्षती

चितवन। चितवनकाे रत्ननगर नगरपालिका वडा नं २ टाँडी स्थित सिनेमा रोडमा रहेकाे नवीन धितालको घरको तल्लो तल्लामा रहेको राप्ती २ गड्यौली का गणेश भण्डारीको २ सटर भएको भण्डारी फेसन कलेक्सनमा बेलुकी साढे ७ बजेको आसपास विद्युत सर्ट सर्किट भै आगलागी भएको छ । आगलागीले ३५ लाख माथि क्षति भएको अनुमान गरिएको छ । आगोलागीबाट दुई वटा सटर भित्रको सम्पूण सामान पूर्ण रुपमा नष्ट भएको चितवन प्रहरीले जानकारी दिएको छ । सटर बन्द भएको अवस्थामा अचानक आगो लागेको थियो । आगोलागी के कति कारणले लागेको भन्ने विषय खुल्न सकेको छैन ।
भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा सो आगालागी नियन्त्रणमा आएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस