चितवन ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाउँहरु रहेको बताएकी छन् ।
विज्ञापन
विज्ञापन
भरतपुर–६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहीबारदेखि सञ्चालनमा आएको डुंगाको उद्घाटन गर्दै मेयर दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् । मेयर दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी तथा दुई नदीमा बोटिङ, ¥याफ्टिङ गर्न सकिने बताइन् । मौलाकाली केवलकार गैँडाकोटमा भए पनि यसको लागि भरतपुरले लिइरहेको उनको भनाइ छ ।
मेयर दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी दिइन् । पवित्र तीर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । भरतपुर–२९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाइडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन् ।
‘भरतपुर भ्रमण वर्षमा यहाँको विकास पनि देखाउनु पर्छ’,उनले भनिन्,‘अहिलेको मूख्य काम भनेको हरियाली प्रर्वद्धन र सरसफाई नै हो । सबैले आफ्नो गाँउलाई हरियाली र सफा राख्ने काम आजबाट सुरु गर्नुपर्छ ।’
मेयर दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले चार करोड बढी विनियोजन गरेकोले बनेको सडकमा सौन्र्दयकरण गर्न महानगरले विरुवा उपलब्ध गराउने बताइन् । भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने उनको विश्वास छ । कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु