चितवन । भरतपुर अस्पतालमा आजबाट पार्किङ शुल्क नलाग्ने भएको छ । यसअघि अस्पतालमा पार्किङ बापत न्यूनतम शुल्क लिने गरिएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले केहीदिन अघि सबै अस्पतालहरुमा पार्किङ निःशुल्क व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालमा उपचार गराउन जाने बिरामीले सवारी साधन पार्किङ बापत पनि पैसा तिर्नुपर्ने भन्दै पार्किङ शुल्क खारेज गर्ने निर्णय गरेका थिए ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु