शुक्रबार, भदौ २६, २०८२
  • होमपेज
  • समाचार
  • एसिया कप : नेपाल अब भारत र पाकिस्तानको प्रतिष्पर्धी
समाचार

एसिया कप : नेपाल अब भारत र पाकिस्तानको प्रतिष्पर्धी

काठमाडौं । “मलाई लाग्छ, एसिया कप हाम्रो लागि अवसर हो । सामान्यतया हामीले भारत र पाकिस्तानसँग क्रिकेट खेल्न पाउँदैनौं । एसिया कपमा पाएको अवसरलाई सम्मान गरेर राम्रो क्रिकेट खेल्ने हामी सबैको चाहना छ,” एसिया कपका लागि पाकिस्तान उड्नुअघि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले यो नेपालका लागि चुनौती नभई अवसर भएको यसरी प्रस्ट्याए ।

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो । प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमने–सामनेको अवसर पाएको नेपाली टिम मंगलबार पाकिस्तानको यात्रामा निस्कियो ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस