उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन्।
देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेका थिए। देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन।
शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको बताएका थिए।
फेसबुक प्रतिक्रियाहरु