चितवन । माडी–ठोरी हुलाकी सडकअन्तर्गत टाईगर चोकदेखि सीताराम चोकसम्मको पोल शुक्रबार (आज) सार्न लागिएको छ । लामो समयदेखि पोल नसारेका कारण सडक विस्तारमा समस्या थियो ।
नेपाल विद्युत प्रधिकरण भरतपुर शाखाका प्रमुख रामु श्रेष्ठका अनुसार भृकुटी फिडरमा शुक्रबार विहान ९ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । कार्यालयका ईन्जिनियर राजेन्द्र पौडेलले गर्मीको समयमा पोल सार्न खोज्दा बढी जनगुनासो आएकाले यो काम रोकिएको बताउनुभयो । अहिले मौसम अलि सितलो छ, यही बीचमा हामीले पोल सार्ने काम सम्पन्न गर्ने लक्ष्य लिएका छौ–पौडेलले भन्नुभयो । यो सडकमा पर्ने हाकिम चोकदेखि सीताराम चोकसम्मको विस्तारको काम गर्न बाँकी छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु