विरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा नामिबियाले तीन खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले एक खेलमा मात्र जित निकालेको थियो ।
पहिलो पटक गतबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । उक्त खेलमा नामिबिया ४० रनले विजयी भएको थियो ।
विज्ञापन
नेपालको घरेलु मैदानमा नामिबियासँग यस अघि लिस्ट ‘ए’ को खेल भने खेलिसकेको छ । सन् २०१६ मा नेपाल र नामिबियाले खेलेका दुई खेलमा नेपालले जिते निकालेको थियो ।
विज्ञापन
सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।
फेसबुक प्रतिक्रियाहरु