काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति चुनावमा धेरैले नसोचेको परिणाम आउने संकेत गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिमा धेरै व्यक्तिलाई पद दिएर आश्वस्त पार्न खोजिए पनि आफूले संकेतमात्र गर्ने धेरै नबोल्ने बताए ।
विज्ञापन
नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दंग परेका छन् । सबैलाई पद दिएको छ । म भैहालेँ भन्ने परेको छ । को को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यहि ढंगले अघि बढेको छ,मैले संकेतमात्र गरेको हो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु