Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • बलिउड/हलिउड
  • अभिनेत्री अथिया सेट्टी र क्रिकेटर केएल राहुलले गरे बिहे
बलिउड/हलिउड

अभिनेत्री अथिया सेट्टी र क्रिकेटर केएल राहुलले गरे बिहे

बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुल वैवाहिक बन्धनमा बाधिएका छन। केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका अथिया र केएलले सोमवार लगनगाँठो कसेका हुन्।

खण्डाला बंगलामा भएको विवाह समारोहमा फिल्म र क्रिकेट क्षेत्रका सीमित व्यक्तिहरुको उपस्थिति थियो। बिहे सम्पन्न भएसँगै आथियाले इन्स्टाग्राममा फोटो सार्वजनिक गरेकी छिन्।

विज्ञापन

‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकेको छु। आज हामीले हाम्रा प्रियजनहरूमाझ एउटा घरमा विवाह गरेका छौँ। जसले हामीलाई अपार खुशी र शान्ति प्रदान गरेको छ। हामी यो नयाँ यात्राको लागि हृदयदेखि तपाईहरूको आशीर्वाद चाहन्छौं,’ अथियाले क्याप्सनमा लेखेकी छिन्।

विज्ञापन

उनीहरुको रिसेप्सन पार्टी आईपीएल (इन्डियन प्रिमियर लिग) सकिएपछि गरिने बताइएको छ। फिल्म ‘हिरो’बाट डेब्यू गरेकी अथिया अभिनेता सुनिल सेट्टीकी छोरी हुन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस