काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने कार्यसूची छ । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका थिए, जहाँ कृष्ण सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइराला समेत उपस्थित थिए ।
विज्ञापन
बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय दिने बताए । बहुमतका आधारमा भए पनि पार्टीले निर्णय गर्ने उनले प्रष्ट कुरा राखे ।
विज्ञापन
देउवासँगै संस्थापन पक्षका सबै नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिए ।
फेसबुक प्रतिक्रियाहरु