नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् ।
मन्त्रीबाट हटेपछि संसदीय समितिमा नरहेका नेकपा एसका तीन सांसदले समितिमा जिम्मा पाएका छन् । जसअनुसार रामकुमारी झाक्रीले अर्थ समिति रोजेकी छन् भने विरोध खतिवडा सार्वजनिक लेखा समितिमा गएका छन् । यस्तै कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था समितिमा गएका छन् ।
विज्ञापन
धनबहादुर बुढा सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा गएका छन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु