Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • फेरि डिभोर्स गर्ने भए ९१ वर्षीय रूपर्ट मर्डोकले
मनोरञ्जन

फेरि डिभोर्स गर्ने भए ९१ वर्षीय रूपर्ट मर्डोकले

मिडिया उद्यमी रूपर्ट मर्डोकले फेरि डिभोर्स गर्ने भएका छन्। न्युयोर्क टाइम्सका अनुसार ९१ वर्षीय अर्बपति मर्डोकले चौथो पटक डिभोर्स गर्न लागेका छन्।

मर्डोक र पूर्वमोडल तथा अभिनेत्री जेरी हलबीच २०१६ मा विवाह भएको थियो। हल अहिले ६५ वर्षकी भइन्।

विज्ञापन

स्रोतहरूलाई उद्धृत गर्दै टाइम्सले मर्डोक र हलले डिभोर्स गर्न लागेको उल्लेख गरेको हो। उनीहरू दुबै जनाले भने यसबारे सार्वजनिक गरेका छैनन्।

विज्ञापन

मर्डोकका अमेरिकामा फक्स न्युज, बेलायतमा सन र अष्ट्रेलियामा स्काई न्युजलगायत सञ्चारमाध्यम छन्।

मर्डोकले यसअघि तीन जना श्रीमतीसँग डिभोर्स गरिसकेका छन्। उनकी पहिलो श्रीमती अष्ट्रेलियाली मोडल प्याट्रिसिया बुकर थिइन्। उनीहरूबीच सन् १९६५ मा डिभोर्स भएको थियो। पूर्वपत्रकार आनासँग उनले १९९९ मा डिभोर्स गरेका थिए। तेस्री पत्नी वेन्डी डेङसँग उनको २०१४ मा डिभोर्स भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस