आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • स्टारडमको भिडन्तमा पूजा र आँचल
मनोरञ्जन

स्टारडमको भिडन्तमा पूजा र आँचल

अभिनेत्री पूजा शर्मा र आँचल शर्मा एकअर्कासँग खुलेर बोल्दैनन्। यी दुई अभिनेत्रीबिचको शीतयुद्ध मनोरञ्जन उद्योगमा स्पष्ट देखिन्छ।

आफ्नै ब्यानरमा मात्रै धेरै काम गरे पनि उद्योगमा पूजालाई सफल अभिनेत्रीका रुपमा लिइन्छ। ठूला बयानरका चलचित्र मार्फत पर्दामा देखिएकी आँचल औसत चलेकी नायिका हुन्।

विज्ञापन

भिडियोमा राम्रो क्रेज भएकी आँचलकै कारण चलेका फिल्म भने छैनन्। पूजा उद्योगमा लगातार हिट फिल्म दिन सफल छिन्। पूजा होम प्रोडक्सनमा हिट अभिनेत्री हुन्। यी दुई अभिनेत्रीबीच अब बक्स अफिसमा पनि भिडन्त हुने भएको छ।

विज्ञापन

आगामी भदौमा यी दुई अभिनत्रीले छुट्टाछुट्टै अभिनय गरेका फिल्म एकैसाथ प्रदर्शनमा आउने भएका छन्। भदौ १७ गते पूजाले अभिनय गरेको ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुँदै छ।

यही मितिमा आँचल अभिनित ‘झिंगे दाउ’ पनि रिलिज हुने भएको छ। यी दुवै फिल्मले एकै दिन प्रदर्शन मिति तय गरेका हुन्।

ब्यानर बाहिर नचलेकी पूजा यो फिल्म चलाएर ब्यानर बाहिर पनि आफ्नो स्टारडम कायम गर्ने दौडमा छिन्।

आँचल करिअरका लागि पनि यो फिल्म चल्नै पर्ने दवावमा छिन्। बक्स अफिसमा पूजा र आँचलको भिडन्तलाई रोचक मानिएको छ।नेपाल खबर

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस