नायिका पूजा शर्मा अधिकांश समय विवादमा पर्छिन् । पूजाले जानेरै विवाद निम्त्याउँछिन् या उनलाई विवादमा तानिन्छ, यो उनले नै जान्ने कुरा भयो । तर, फिल्म चलाउन विवादमा बढी रमाउने गरेको भन्नेलाई पूजाले भने जवाफ दिएकी छिन् । संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–‘विवादले वा रोएर फिल्म चल्ने हो भने त, किन दुःख गरेर खिच्नु पर्यो र ? किन लण्डन र दुबई जानुपर्यो । सामान्य तरिकाले फिल्म बनाएर कन्र्टोभर्सीतिर लागे भैहाल्यो नी ?’
पूजाले फिल्म रोएर चल्छ भने रुनका लागि आफ्ना प्रतिस्पर्धी कलाकारलाई चुनौती समेत दिएकी छिन् । उनले भनिन्–‘यदि, फिल्म रोएरै चल्छ भने तपाई पनि एकपटक रुनुहोस् । एउटा निर्मात्री भएर फिल्म रिलिज गर्न कती गाह्रो हुन्छ त्यो आफूले लगानी गरेपछि मात्र थाहा हुन्छ ।’
विज्ञापन
पूजाले फिल्म चल्नका लागि फिल्म नै राम्रो हुनुपर्ने र सबै टिमको मिहिनेत हुनुपर्ने तर्क समेत गरिन् । यतिमात्र होइन, पूजाले आफूले कुनै पनि काम गर्दा त्यो आफूलाई राम्रो लागेर गर्ने गरेको तर्क समेत गरेकी छिन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु