चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले बजेट छुट्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेटमा रंगशालाको काम अघि बढाउनका लागि २२ करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।
विज्ञापन
खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार रंगशालाका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन भएको हो । आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा अर्थमन्त्री शर्माले रंगशालाको काम अघि बढाउन बजेट विनियोजन गरिएको बताएका थिए ।
विज्ञापन
सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय गरेर काम अघि बढाउने भएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशालाको निर्माणको काम अहिले ठप्प रहेको छ ।
आर्थिक स्रोत जुटाउन नसकेपछि फाउण्डेशनले परियोजनाबाट हात झिकेको थियो । फाउण्डेशनले हात झिकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिएको छ ।
फेसबुक प्रतिक्रियाहरु