काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।
शुक्रवरा शहीद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासङ्घ नेपालले काठमाण्डाैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको हो । उहाँले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताउनुभयो ।
विज्ञापन
उहाँले भन्नुभयो, ‘हामीले त निकै राम्रो राज्य, निकै राम्रो समाज निर्माण गर्ने भनेका छौँ । तर हामीले गर्ने काम चाहिँ हाम्रो भनाइसँग तालमेल भएकाे छैन । जसले गर्दा समाज रूपान्तरणको क्रान्तिकारी ढङ्गले अगाडि जानेतिर होइन अझ बढी दिग्भ्रमतिर, अझ बढी विचलनतिर गइराखेको छ र त्यो खतरा दिनप्रतिदिन बढ्दो छ । क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति अस्वस्थ प्रतिस्पर्धामा हाम्रो समाज गइराखेको भान हुन्छ सबैलाई ।’
विज्ञापन
अध्यक्ष प्रचण्डले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु