आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • बलिउड/हलिउड
  • दोस्रो विवाहको संकेत गरेकी करिश्मालाई सलमानसँग विवाह गर्न आग्रह !
बलिउड/हलिउड

दोस्रो विवाहको संकेत गरेकी करिश्मालाई सलमानसँग विवाह गर्न आग्रह !

Renu Dahal

मुम्बई । अभिनेत्री करिश्मा कपूरले केहीदिन अघि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना प्रशंसकसँग प्रश्नोत्तर राउन्ड खेलेकी थिइन् । आफ्ना थुप्रै व्यक्तिगत प्रश्नमा खुलेर जवाफ दिएकी उनलाई दोस्रो विवाहको सम्भावनाबारे पनि प्रश्न गरिएको थियो ।

जवाफमा उनले एउटा कन्फ्युज भइरहेकी केटीको इमोजी हालेर ‘डिपेन्ड्स’ भनेर लेखेकी थिइन् ।

विज्ञापन

यस्तोमा अभिनेत्री कपूरलाई हालै उनका अर्का एक प्रशंसकले सलमान खानसँग विवाह गर्न आग्रह गरेका छन् ।

विज्ञापन

 

यो कुरा तब निस्कियो जब अर्पिता खान र आयुष शर्माको ईद पार्टीमा सलमानको अंगालोमा रहेकी करिश्माको फोटो करिश्माकी बहिनी करिना कपुरले इन्स्टाग्राममा सेयर गरिन । क्याप्सनमा करिनाले लेखेकी छिन्, “ब्याक विथ ओजी, सम्पूर्णमा ईद मुबारक ।” अन्तमा उनले हार्ट इमाोजी पनि राखेकी छन् ।

उनीहरूको उक्त तस्बिरमा दुवै जनाका प्रशंसकहरूले मायाले भरिएका प्रतिक्रियाहरू दिइरहेका छन् । एकजना प्रशंसकले कमेन्ट गर्दै लेखेका छन्, “तपाईंहरू दुवैको जोडी एकदमै राम्रो लाग्छ ।”

त्यस्तै अर्का प्रशंसकले पनि लेखेका छन्, “तपाईंहरू दुवैजना विहे गर्नुस् ।”

त्यस्तै केही प्रशंसकले उनीहरूलाई मनपर्ने जोडी बताइरहेका छन् । धेरैले दुवैजना सँगै नै राम्रो देखिएको बताइरहेका छन् ।

अभिनेता सलमान खान र करिश्मा कपूरले ९० को दशकमा एकसाथ थुप्रै हिट फिल्महरू दिएका छन् । ‘दुल्हन हम ले जाएंगे’, ‘बीवी नम्बर १’, ‘अन्दाज अपना अपना’, ‘जीत’, लगायत करिश्मा र सलमानका थुप्रै हिट चलचित्रहरु छन् ।

नवभारत टाइम्सबाट ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस