काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले बाहिर जतिसुकै हुँङ्कार गरेपनि भित्री रुपमा पुरै गलिसकेको टिप्पणी गरेका छन् ।
मजदुर दिवसको उपलक्ष्यमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पुनले स्थानीय चुनावमा ओली पराजित भइसकेको बताएका हुन् ।
विज्ञापन
स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लव लगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए ।
विज्ञापन
केपी ओली बाहिर जतिसुकै हुँङकार देखाएपनि भित्री रुपमा गल्नुभएको छ । उहाँ भित्री रुपमा पराजित भइसक्नु भएको छ, त्यो व्यवहारबाट पुष्टि हुन्छ ।
पुनले भने, लेनिन भन्छन् मान्छेहरु के भन्छन् त्यो महत्वपूर्ण हुँदैन । मान्छेले के गर्छन् ?त्यसको व्यवहार कस्तो छ ? भन्ने हो । उसले कोसँग संगत गर्छ ?भन्ने हो । मान्छेको बोलीबाट चिन्न सकिँदैन । उसलाई चिन्ने संगतबाट हो ।
केपी ओलीले गरेका अधिकाश संगतहरु कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग भएको पुनले दाबी गरे । आज ओलीजीहरुको चुनावी तालमेल कम्युनिस्टहरुसँग छ ? वामपन्थी र प्रगतिशीलहरुसँग छ ।
उहाँको तालमेल दक्षिणपन्थी अतिवादीहरुसँग छ ? त्यो उहाँले आफै प्रष्ट पार्नुभएको छ, हामीले भन्दै पर्दैन । पुनले भने, ओलीजी दक्षिणपन्थी बाटोमा हुनुहुन्छ । प्रतिगमनको बाटोमा हुनुहुन्छ, त्यो तथ्यहरुले पुष्टी गरेको छ ।
उहाँले ठूला–ठूला कुरा गरेर केही हुँदैन । आमजनताले बुझेका छन् ।
स्थानीय चुनावमा केपी ओली पराजित हुनु संविधान र लोकतन्त्रको रक्षा हुनुभएको बताए । ओली पराजित हुनु नै पुनः वामपन्थी शक्तिहरुको पुनः एकता गर्ने वातावरण बन्नु भएको बताए ।
‘केपी ओली प्रवृत्तिले दुईपटक संसद विघटन गर्यो । संविधानमाथि प्रहार गर्यो । हामीले स्थापना गरेको मौलिक लोकतन्त्र, समावेशी चरित्रको लोकतन्त्रमाथि प्रहार गर्यो ।
प्रतिगामी कदम चालेपछि त्यो रोक्नका लागि गठबन्धन गरेका हौ, पुनले भने, तपाई हामी दशौं लाख जनता सडकमा उलिर्यौ । त्यसमा सहमत हुनेगरी एक हुँदै गयौं । सुरुका दिनमा काँग्रेस सहमत भएन आफ्नै ढंगले अघि बढ्यो । किनभने कम्युनिस्टहरु फुटेका छन् ।
त्यसबेला निर्वाचन भयो भने काँग्रेसले एक्लै बहुमत ल्याउँछ भन्ने भयो । दोस्रो पटक पनि संसद विघटन भएपछि यहाँ चुनाव हुँदै छैन भन्ने बुझ्यो । प्रतिगमनतिर देश गयो भन्ने बुझ्यो । त्यसपछि मात्रै हाम्रो मोर्चामा काँग्रेस पनि आयो ।
लाखौं जनताको बलमा सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर संविधानको रक्षा गरेको पुनले बताए ।
फेसबुक प्रतिक्रियाहरु