शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको जन्मभूमीमा एमालेमा पहिरो, सयौं घरधुरीले पार्टी छाडेपछि…
समाचार

ओलीको जन्मभूमीमा एमालेमा पहिरो, सयौं घरधुरीले पार्टी छाडेपछि…

तेह्रथुम । म्याङलुङ नगरपालिका–६ का ७५ घरधुरीले एमाले परित्याग गरेका छन्। एमालेले जनताको माग र समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरुले एमाले छाडेका हुन्।

एमालेका अगुवा नेताले आफन्तहरुलाई मात्रै काखी च्यापेका कारण पार्टी छोड्नु परेको उनीहरुको भनाइ छ। साविक जिरिखिम्तीको सुर्के गाँउका करिव ३ सय जना एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

विज्ञापन

कांग्रेसले नवप्रवेशीहरुलाई स्वागत गरेको छ । जनताको मर्म बुझ्ने नागरिकको सुख दुःखको साहारा नेपाली कांग्रेस रोज्नुपरेको एमालेका पूर्व जिल्ला कमिटी सदस्य स्वयम् सिंजागूले बताए।

विज्ञापन

२०७४ को चुनावमा एमालेले बिजय प्राप्त गरेको म्याङलुङ नगरपालिकामा यस पटक एमालेको पराजय निश्चित रहेको सिंजागूको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस