शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • यसै पनि चर्चित भरतपुरमा अर्काे रोचक दृश्य: एमालेका उम्मेदवारले ढोगे मतदाताको खुट्टा
समाचार

यसै पनि चर्चित भरतपुरमा अर्काे रोचक दृश्य: एमालेका उम्मेदवारले ढोगे मतदाताको खुट्टा

Renu Dahal

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलद्वय नेपाली कांग्रेस र माओवादी केन्द कसलेउम्मेदवारी दिने भन्ने विषयमा निकै चर्चामा आएको भरतपुर महानगरपालिकामा चुनावकै प्रसंगमा अर्काे चर्चित दृश्य देखिएको छ।

त्यहाँका चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले चुनावी प्रचारका क्रममा मतदाताको खुट्टा ढोगेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

विज्ञापन

भरतपुरको पार्वतीपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीलले ८३ वर्षका धनवल्लव न्यौपानेलाई खुट्टामा ढोगेका हुन्।

विज्ञापन

 

 

 

‘१३ सालका एक मात्र कम्युनिस्ट नेता, सुवेदीलाइ राजनीति सिकाउने गुरु भएर खुट्टा ढोगेर सम्मान गरेको उनका स्वकीय सचिव सुरेश पौडेलले बताए।

उनले आज पनि पदमपाणि सुवेदीको गोडा ढोगेको स्थानीयले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस