बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • समाचार
  • बागीलाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको सर्कुलर
समाचार

बागीलाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको सर्कुलर

नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता लिन सर्कुलर गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाउँदै उम्मेदवारी फिर्ता लिन लगाउन निर्देशन दिएको एक शीर्ष नेताले जानकारी दिए ।

 

विज्ञापन

आजै बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा परेका बागी उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सोही अनुसार माओवादीले मातहतका कमिटीमा आवश्यक निर्देशनसहितको सर्कुलर गरेको ती नेताको भनाइ छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस