बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाचार
  • चुनावमा घर बेच, जग्गा बेच तर राज्यको एक रूपैयाँ दुरुपयोग हुन दिन्नौँ : गगन थापा
समाचार

चुनावमा घर बेच, जग्गा बेच तर राज्यको एक रूपैयाँ दुरुपयोग हुन दिन्नौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका जनप्रतिनिधिलाई एक रूपैयाँ पनि राज्यको पैसा दुरुपयोग गर्न नदिने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार गर्ने छुट नभएको बताएका हुन् ।

विज्ञापन

‘कांग्रेसका वडाध्यक्ष, मेयरका उम्मेदवारले घर बेच, जग्गा बेच त्यो तपाईंको आफ्नो कुरा भयो,’ उनले भने, ‘तर चुनावमा भएको खर्च निर्वाचित भइसकेपछि उठाउँछु भन्ने नसोचे हुन्छ, राज्यको एक रूपैयाँ पनि दुरुपयोग हुन दिन्नौँ ।’

विज्ञापन

साथै उनले उम्मेदवारलाई पनि कांग्रेसको संकल्प पत्र पढाउन आवश्यक भएको बताए । ‘हामी हाम्रा निर्वाचित हुने साथीहरूलाई संकल्प पत्रअनुसार नै काम गराउँछौं, हाम्रो पुस्ताले बनाएको संकल्प पत्र हो,’ उनले भने, ‘निर्वाचित भइसकेपछि संकल्पपत्रअनुसार काम गर्दिनँ भन्न पाइन्न, गराएरै छाड्छौँ ।’

यस्तै उनले स्वतन्त्र उम्मेदवारी हाल्ने कांग्रेसका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

‘टिकट वितरणमा अन्याय भएको भन्ने कुरा आएको छ, त्यसको सबै हिसाबकिताब हुन्छ, छलफल हुन्छ,’ उनले भने, ‘तर अहिले म दुई हात जोडेर स्वतन्त्र उम्मेदवारी दिएका साथीहरूलाई फिर्ता लिन आग्रह गर्छु ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस