शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी उम्मेदवारको समर्थनमा निस्किए पूर्व मुख्यसचिव पौडेल
समाचार

माओवादी उम्मेदवारको समर्थनमा निस्किए पूर्व मुख्यसचिव पौडेल

केही महिनाअघि सार्वजनिक एउटा भिडियो निकै चर्चामा थियो । जुन भिडियो पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सम्बन्धित थियो । भिडियोमा उनले माओवादी केन्द्रका कार्यकर्तालाई प्रशिक्षण दिँदै गरेको देखिएको/सुनिएको थियो । जसमा परिवर्तनकारी शक्ति माओवादी भएको तर सो पार्टीको एजेण्डा छायामा परेको उनको भनाइ थियो । उनले माओवादीको एजेण्डाबारे जनतालाई बुझाउनुपर्ने धारणा समेत राखेका थिए ।

चीनका लागि नेपाली राजदूत समेत रहिरहेका उनी माओवादी निकटका रुपमा चिनिन्छन् । उनै पौडेल स्थानीय तह निर्वाचनका क्रममा माओवादीका उम्मेदवारको प्रचारमा सक्रिय बनेको पाइएको छ । हाल गृह जिल्लामा रहेका पौडेलले माओवादी र माओवादीसँग तालमेल भएको सत्ता गठबन्धनका उम्मेदवारको प्रचारमा खटिएका छन् ।

विज्ञापन

आइतबार मात्रै उनी गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षका उम्मेदवार यदु ज्ञवालीको चुनावी घरदैलो कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले माओवादीको तर्फबाट उम्मेदवार भएका उनको पक्षम खुलेर भोट मागेका थिए ।

विज्ञापन

रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । नेकपा एमालेले हिमाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका युवा नेताका रुपमा चिनिने ज्ञवालीलाई अगाडि सारिएको छ ।
श्रेष्ठ नेकपा एमालेको जिल्ला कमिटी सदस्य र रुरुक्षेत्रका इन्चार्ज पनि हुन् ।

यस्तै अखिल क्रान्तिकारीको राजनीति गरेका ज्ञवाली माओवादी जिल्ला कमिटी सदस्य छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ज्ञवाली अध्यक्षको उम्मेदवार दिए । उपाध्यक्षमा एमालेले मीना गौतमलाई अगाडि सारेका छ भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी दुर्गा ज्ञवाली चुनावी मैदानमा उत्रिएकी छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस