आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • पोखरामा एमाले नेताहरुबीच एक अर्काको भण्डाफोर अभियान सुरु, टिकट खोसिएका दिपक पौडेलको ईश्वर पोखरेलसँग भनाभन
समाचार

पोखरामा एमाले नेताहरुबीच एक अर्काको भण्डाफोर अभियान सुरु, टिकट खोसिएका दिपक पौडेलको ईश्वर पोखरेलसँग भनाभन

काठमाडौं । पोखरा महानगरपालिकामा एमाले नेताहरुबीच एक अर्काको भण्डाफोर अभियान नै चलेको छ । मेयरको टिकट पाएका दिपक पौडेलले सुन चोरिरहेको भनिएको भिडियो सार्वजनिक भई भाइरल भएपछि भण्डाफोर चलेको हो ।

पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरी विकल्प खोज्नुपर्ने भनेको बुझिएको छ । त्यसपछि पौडेलको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग टेलिफोन कुराकानी भयो । कुराकानीका क्रममा दुवैबीच भनाभन भएको छ ।

विज्ञापन

टिकट खोसिएका दिपक पौडेलले आफूविरुद्ध खगराज अधिकारीलगायत नेताहरुले षड्यन्त्र गरेको भनेको विश्वस्त स्रोतले बताएको छ । उनले कृष्ण थापालाई टिकट दिलाउन आफूविरुद्ध योजनावद्ध तरिकाले षड्यन्त्र भएको भनेपछि भनाभन भएको बुझिएको छ ।

विज्ञापन

पौडेलको समूहले नेकपा एसका उम्मेदवार धनराज आचार्यसँग सम्पर्क गरिरहेका छन् । पोखरामा एमालेभित्र ठूलै विद्रोह हुनलागेको बुझिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस