एजेन्सी । जब हामी बलिउडका सबैभन्दा निर्दोष अभिनेत्रीहरूको कुरा गर्छौं, त्यसमा दिया मिर्जाको नाम पनि अगाडी आउने गरेको छ । आफ्नो सौन्दर्य र अभिनयले लाखौं मानिसलाई उनले मायालु बनाएकी छिन् । यति मात्र होइन, उनले निर्माताहरुबाट पनि धेरै माया पाएकी छिन् । अहिले सम्मको उनको फिल्मी यात्रा धेरै अविस्मरणीय सम्झनाहरु संगै बित्यो तर केहि सम्झनाहरुले उनलाई निकै सताउने गरेको छ ।
एक अन्तर्वार्ताका क्रममा उनले यस्तै एउटा घटना उल्लेख गरेकि थिईन् । यस अवसरमा आज दिया मिर्जाको जीवनमा भएको घटनाको बारेमा कुरा गरौं, जब उनी करिनाका कारण निकै दुखित भइन् । यो घटना लखनउको हो । यस घटनाको वर्णन गर्दै दियाले भनिन् कि उनी लखनउमा करीना कपुर, उर्मिला मातोन्डकर र नम्रता शिरोडकरको कार्यक्रममा सहभागी हुन जानुपरेको थियो।
विज्ञापन
उक्त कार्यक्रममा उनीहरुले कपासको सलवार–कमीज लगाएर हातमा झण्डा बोक्नुपर्ने ड्रेस कोड पनि बनाइएको थियो । तर करीनाले घाँगरा चोली र भारी गहना लगाउन चाहन्थिन् जुन उनले आफ्नै लागि विशेष अर्डर गरेकी थिइन् । यसका साथै उनी हातमा झण्डा समात्न पनि चाहान्न थिईन् र सरल भाषामा भन्नुपर्दा उनी अरु अभिनेत्रीभन्दा फरक देखिन चाहन्थिन् ।
विज्ञापन
यसले नम्रतालाई निकै रिस उठ्यो । दिया भन्छिन् कि जब मामिला बढ्यो, उनले नम्रतालाई करीनाको लुगा लिएर बाहिर निस्कन भनिन् ताकि मामिला थप शान्त होस् । तर यसले करीनालाई रिस उठ्यो र चर्को स्वरले कराउन थालीन् । दीया भन्छिन्– तिमी को हौ रु नम्रतालाई मेन्टर गर्ने को हौ रु म जे गर्न चाहन्छु त्यो गर्नेछु ।
करीनाको मुखबाट यो सबै सुनेर दियाले केही जवाफ नदिई कोठाबाट बाहिरिइन् । यो घटनाको करिब आधा घण्टापछि करीनाकी सेक्रेटरी दिया कहाँ आएर करीनाले आफू तयार छ कि छैन भनेर सोध्न पठाएको बताएकी थिइन् । यसपछि करीना दियासँग केही समयसम्म बसेकी थिइन् जस्तो कि केही भएको छैन । दियालाई पनि यो कुराले निकै नराम्रो लागेको बताइन् ।
फेसबुक प्रतिक्रियाहरु