काठमाडौँ । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ भने ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।
यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।
विज्ञापन
विज्ञापन
महानगरमा मेयर र उपमेयर १/१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २ जना भागबण्डामा पाएको थियो । त्यस्तै धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् ।
आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने समेत एक नेताले जानकारी दिए । माओवादीले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु