सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर क्यान्सर अस्पताल प्रशासनको लापरवाहीले बाटोमा हिड्न जोखिम
समाचार

भरतपुर क्यान्सर अस्पताल प्रशासनको लापरवाहीले बाटोमा हिड्न जोखिम

चितवन । भरतपुरको क्यान्सर अस्पताल अगाडि सडक यात्रा गर्न जोखिम बढेको छ । शुक्रबार आएको हावहुरीका क्रममा आँपको बोट ढलेर क्षति पुराएको छ । क्यान्सर अस्पताल अगाडि ढल निमार्ण गर्दा रुखका बोटको जरा काटिएको पछि सबै रुख ढल्ने सम्भावना देखिएको छ ।करिब ८० वटा रुख यसरी ढल्ने अवस्थामा पुगेको छ । यस अघि वडा नम्बर ७ को कार्यालयले क्यान्सर अस्पताल प्रशासनलाई रुख काट्न पत्रचार गरेको थियो । तर, अस्पताल प्रशासनको लापरवाहीले थप जनधनको क्षति पुग्ने देखिएको छ ।
रुखहरु सडकतिर ढल्केका छन् । सानो हावाहुरीले ढल्ने अवस्थामा छन् । माडी ठोरी हुलाकी सडक-खण्ड विस्तारको क्रममा रुखहरु काट्नै पर्ने भएपनि अस्पताल भने कानमा पानी हालेर बसेको छ । आँपका बोटहरुबाट वर्षेनी आँप फलेर भुईमा खस्दा सडक समते दुर्गन्ध हुने गरेको छ । आँपको बोट सडक विस्तारको क्रममा नकाटेकाले ढल निर्माण पनि पुरा भएको छैन । यो सडक पश्चिम चितवन जाने मुख्य सडक मध्येको एक हो । यहाँ उपचारको लागि नेपाल, भारत लगायतका दक्षिण एसियाबाट बिरामी आउने गर्दछन् । अस्पताल प्रशासनले यो विषयलाई गम्भीरताका साथ हेर्न नसक्दा ठूलो क्षति हुने देखिएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस