मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री अमेरिका प्रस्थान
समाचार

उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री अमेरिका प्रस्थान

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री आज शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी छन् ।

अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री अमेरिका प्रस्थान गरेकी हुन् ।

विज्ञापन

उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए ।

विज्ञापन

यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए ।

मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी भएका छ्न् ।

मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस