शनिबार, मंसिर १५, २०८१
  • होमपेज
  • समाचार
  • गठबन्धन विरोधी गतिविधी नगर्न चितवन काँग्रेसको निर्देशन
समाचार

गठबन्धन विरोधी गतिविधी नगर्न चितवन काँग्रेसको निर्देशन

चितवन ।
नेपाली काँग्रेस चितवनले केन्द्रिय परिपत्र बिपरित कुनै पनि भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार पार्टी पंक्तिलाई यस्तो निर्देशन दिएका हुन ।

खनालले निशाना खबरसंग भने– ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरुसंग विनम्रताका साथ आग्रह गर्दछु ।’

विज्ञापन

‘आसन्न स्थानीय तह निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र काँग्रेस पनि गठबन्धनलाइ आत्मसाथ गरि बढेका कारण केन्द्रिय परिपत्र अनुसार जिल्ला कार्यसमिति गठबन्धनलाइ पूर्ण रुपमा पालना गरि अघि बढ्ने पनि स्पष्ट पार्न चाहान्छु ।’- खनालले भनेका छन ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस