नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा मंगलबार राति नेपालका शीर्ष नेतालाई सहभागी गराई रात्रिभोज आयोजना गरेका छन्।
विदेश सचिवमा बढुवा भएर भारत फर्किन लागेका क्वात्राले आफ्नो बिदाइका अवसरमा रात्रिभोज आयोजना गरेका हुन्।
विज्ञापन
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेकै बेला नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता भारतीय दूतावास पुगेका थिए।
विज्ञापन
रात्रिभोजमा प्रधानमन्त्री देउवासँगै पूर्वप्रधानमन्त्री एवं सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका थिए।
निमन्त्रणा गरिए पनि पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने रात्रिभाेजमा सामेल भएनन्। एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ रात्रिभाेजमा सहभागी भएका थिए।
फेसबुक प्रतिक्रियाहरु