चितवन । नयाँ वर्ष २०७९ सालको अवसरमा भरतपुरमा ‘न्यु इयर इभ’ विषेश कार्यक्रम हुने भएको छ ।
केएसपीएच तथा स्र्माट ब्याडक्युटको आयोजनामा यही चैत्र ३० गते भरतपुर १२ वसन्तचोकमा ख्यती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।
लोकदोहोरी गायक प्रकाश सपुत, बालचन्द्र बराल, मञ्जु विक, हास्यकलाकार भरतमणि पौडेल, समुन कोईराला तथा स्थानीय कलाकारको प्रस्तुती रहने कार्यक्रमका संयोजक सुर्वण भट्टले जानकारी दिनुभयो ।
स्र्माट ब्याडक्युट बसन्तचोकमा चैत ३० गते बेलुका ७ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ। कार्यक्रममा सहभागि हुनका लागि रु ५००, १००० र २००० को टिकटको व्यवस्था गरिएको भट्टले बताउनुभयो ।
विज्ञापन
एक हजार र दुई हजारको टिकट खरिद गर्नेलाई स्नायाक्स र पिय पदार्थको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
विज्ञापन
नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग नयाँ वर्ष मनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार संयोजक हरि अर्यालले जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रियाहरु