चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर नगरपालिका वडा नं– २ का ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेका छन् ।प्रचण्डले चितवनको भरतपुर महानगरमा आयोजित एक कार्यक्रमा त्यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोग चितवनले जनाएको छ ।
अध्यक्ष प्रचण्डले लालपूर्जा वितरण गर्दै आफुले निर्वाचनमा गरेका प्रतिबधता पुरा गर्दै गएको बताए । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहिनहरुको रातो पुर्जा (लालपूर्जा)मा आज हस्ताक्षर गरि प्रक्रिया पुरा गरेसँगै यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा धनी पुर्जा पाएका हुन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वंम उपस्थित भएर लालपूर्जा वितरण गरिएको भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु