सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • अभिनयसँगै बौद्धिकतामा पनि अब्बल सुहाना
समाचार

अभिनयसँगै बौद्धिकतामा पनि अब्बल सुहाना

नायिका सुहाना थापाले आफ्नो फिल्म ‘ए मेरो हजुर ४’को प्रचारका क्रममा दिएका अन्तरवार्ताले उनको बौद्धिकता झल्काएको छ । पहिलो फिल्म ‘ए मेरो हजुर ३’ रिलिज भएपछि सुहानाको अभिनयको उच्च प्रशंसा भयो । पहिलो फिल्मबाट नै अभिनयमा दर्शकको मन जितेकी सुहानाले दोश्रो फिल्ममा कस्तो अभिनय गरेकी छिन्, त्यो वैशाख १ गतेपछि थाहा हुनेछ ।

तर, सुहानाले दिएको अन्तरवार्ता र उनको तर्कले दर्शकको मन भने जितिरहेको छ । अधिकांश युट्युब च्यानलमा उनका अन्तरवार्ता हेरेका दर्शकले उनको बौद्धिकताको प्रशंसा गर्दै सुहानाको बारेमा गलत सोचेको तर्क गरेका छन् ।
सुहानाले नेपाली फिल्म, विदेशी फिल्मसँगको भिडन्त, नयाँ पुस्तालाई कलाकारले दिन सक्ने सन्देशको बिषयमा आफ्नो तर्क बलियोसँग राखेकी छिन् ।

विज्ञापन

सुहानाले ‘केजीएफ २’बाट नेपाली फिल्मका मेकरले सिक्नुपर्छ भनेर प्रतिक्रिया दिने दर्शकलाई भनेकी छिन्–‘तपाइहरुले हामीलाई मात्र सिक्नुपर्छ भन्नुभयो । तर, तपाइले साउथको फिल्म हेरेर के सिक्नुभयो ? साउथको फिल्मको आज भन्दा केही बर्ष अगाडिको भीएफएक्स हेर्नुभएको छ, कती खराब थियो । तर, खराब भीएफक्समा पनि दर्शकले ताली बजाए र आफ्ना कलाकार र मेकरलाई अगाडि बढ्न प्रोत्साहित गरे । यसैले, आज साउथ ‘बाहुबली, आरआरआर, केजीएफ २’ जस्ता फिल्म बनाउने अवस्थामा आइपुगेको छ । नेपाली फिल्मलाई पनि दर्शकले हौसला दिने हो भने चाडै हामी त्यो अवस्थामा पुग्नेछौं ।’

विज्ञापन

सुहानाले फिल्मको गीत रिलिज कार्यक्रममा सरकारसँग गरेको अनुरोधले पनि दर्शकको मन जितेको थियो । नायिका झरना थापाकी छोरी सुहाना अमेरिका बसेर पढ्दै आएकी छिन् । सुहानाको बोल्ने शैली र बलियो तर्कले उनका प्रशंसक बढेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस