चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा पार्टीको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा संचारकर्मीसंग कुरा गर्दै उहाँले गठबन्धनका दलहरुविच चुनावी तालमेल हुने कुरा निश्चित भएको भन्दै चितवन भरतपुरमा आफ्नो पार्टीको दाबी कायमै रहेको बताउनुभएको हो ।
विज्ञापन
विज्ञापन
उहाँले भन्नुभयो,‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकले गठबन्धन गर्ने कुरा टुंगो लगाएको छ । अव कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेकुरा बसेर टुंगो लगाउँछौं ।’ महानगरपालिका र उपमहानगरपालिका माथिबाटै टुंगो लगाइने भन्दै उहाँले सम्भवत भोलिनै गठबन्धनले केही निर्णय लिन सक्ने बताउनुभयो ।
सबै राजनीतिक दलहरु निर्वाचनमा केन्द्रित भएकाले निर्वाचन हुँदैनकी भन्ने प्रश्न नरहेको प्रचण्डको भनाई छ । प्रचण्ड विभिन्न उद्घाटन र शिलानन्यासका कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो ।
फेसबुक प्रतिक्रियाहरु