शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • चुनावी तालमेल गरेर गठबन्धन बचाउनुपर्छ : वरिष्ठ नेता पौडेल
समाचार

चुनावी तालमेल गरेर गठबन्धन बचाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्ने बताएका छन् । तर चुनावी तालमेल गरेर गठबन्धन बचाएर लैजानु पर्ने आवश्यकता रहेको उनले बताए ।

विज्ञापन

 

विज्ञापन

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ । धेरै केन्द्रीय सदस्यहरुको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । बैठकले चुनावबारे सैद्धान्तिक निर्णय गर्छ,’ नेता पौडेलले भने ।

 

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम चलिरहेको छ । यसैबीच नेता पौडेल बैठकस्थलबाट बाहिरिएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस