शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • समयमै नेपाललाई हिन्दू राष्ट्र कायम गर्नु पर्छ : निखिल उप्रेती
समाचार

समयमै नेपाललाई हिन्दू राष्ट्र कायम गर्नु पर्छ : निखिल उप्रेती

काठमाडौँ ।

अभिनेता निखिल उप्रेतीले अहिले हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको बताएका छन् । वीरगंजस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले यसो भनेका हुन् ।

विज्ञापन

उनले आफ्नो धर्मको रक्षा गर्नका लागि सबै एक्यबद्ध हुनुपर्ने बताए । उनले अब राजनीतिक कुरा नउठेसम्म हिन्दू धर्मको रक्षा हुने नसक्ने बताए । एक धार्मिक व्यक्तिले अधार्मिक व्यक्तीलाई कहिलैपनि नेतृत्वकर्ताको रुपमा स्वीकार गर्न नसक्ने उनको भनाइ थियो । उनले सबैलाई एकपटक ग्रन्थ पढ्न पनि आग्रह गरे ।

विज्ञापन

कार्यक्रममा राजनितिक विश्लेषक डा। देवेश झाले मुलुकमा धर्मनिरपेक्षताको नाममा हिन्दू धर्म समाप्त पार्ने सड्यन्त्र भइरेको बताए ।

उनले हिन्दू धर्म आफूहरुको पहिचान भएकाले समयमै नेपाल हिन्दू राष्ट्र कायम हुन नसके यसको अस्तित्व नै समाप्त हुने बताए ।

यस्तै कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दू राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए ।

उनले विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा आक्रोश व्यक्त गरे । जनताको जनमत नै लिई देशलाई धर्म निरपेक्ष घोषणा गरेकाले विश्वकै एक मात्र पहिचान हिन्दू राष्ट्र गुमेको बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस