शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • एमालेलाई गुल्मीमा हराउँछौं : माधव नेपाल
समाचार

एमालेलाई गुल्मीमा हराउँछौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीलाई गुल्मीमा पराजित गर्ने बताएका छन् ।

जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् ।

विज्ञापन

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन दिए ।

विज्ञापन

‘जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ उनले भने ।

नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे । एमालेमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको उनले आरोप लगाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस