चितवन ।
भरतपुर महानगरपालिका वडा नं ११ ले चैत्र ७ गतेवाट शुरु गरेको घरदैलो अभियानको आज समापन गरेको छ । ५ दिन लामो घरदैलो अभियानमा प्रदेश कमिटि, जिल्ला कमिटि, महानगर कमिटि, वडा कमिटि र टोल कमिटिका नेताहरु ६ भागमा वाँडिएर २८ ओटा टोलहरुमा घरदैलो सम्पन्न गरेका थिए ।
विज्ञापन
लामाटोलमा समापन गरिएको अभियानका क्रममा नेपाली काँग्रेस परित्याग गरि १०० जना कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । ९७ वर्षकि वृद्द आमा लालमति लामाको नेतृत्वमा काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेका थिए।
विज्ञापन
प्रवेशपछि आमा लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर काँग्रेसलाई भोट दिदै आएपनि देशका लागि परिवर्तन गर्ने एमाले मात्र रहेको, वृद्धवृद्धा हेरचाह गर्ने पार्टि एमाले भएकाले अब बाँकी जीवन एमालेलाई समर्पित गर्ने बताउनुभयो।
नेकपा (एमाले) वागमती प्रदेश सचिव माननीय विजय सुवेदीको प्रमुख आतिथ्यतामा, माननीय कृष्णभक्त पोख्रेल, प्रदेश सचिवालय सदस्य तेजेन्द्र खड्का, पुरुषोत्तम न्यौपाने, शारदा कुमाल, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, वडाअध्यक्ष वावुराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु