शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • गठबन्धन कायम होस् भन्ने जनताको चाहना छ : किसान
समाचार

गठबन्धन कायम होस् भन्ने जनताको चाहना छ : किसान

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी चुनावमा पनि गठबन्धन कायम रहोस् भन्ने जनताको चाहना रहेको बताएका छन् ,

दमौलीमा सुरु भएको आठौं तनहुँ महोत्सवमा मन्त्री श्रेष्ठले संसदविरोधी, संविधानविरोधी, अग्रगमनविरोधीहरुलाई परास्त गर्न गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने बताए । यस्तै उनले सत्ता गठबन्धनले संविधानर लोकतन्त्रको रक्षा गरेको दावी गरेका छन् ।

विज्ञापन

सवैलाई मिलाएर लैजान सक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको क्षमता रहेको चर्चा गर्नुहुँदै उहाँले अधिनायकवादको बाटोमा जाने अवस्थाबाट मुलुकलाई सही दिशामा ल्याउन देउवाले खेल्नुभएको भुमिकाको नेपाली जनताले स्मरण गरिरहने बताए ।

विज्ञापन

अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतालाई सदनबाट व्याख्यात्मक घोषणा सहित सर्वसम्मत पारित गराउन र विभाजित जनमतलाई एकताबद्ध बनाउन देउवाको भूमिका प्रशंसनीय रहेको उको भनाइ छ ।

श्रममन्त्री भएपछि यसक्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागतसुधारमार्फत यो क्षेत्रलाई व्यवस्थित गर्नेआधार तयार गरेको मन्त्री श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ति मुलुकहरुसँग श्रम सम्झौताको पहल गरिरहेको उनको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा माग भए अनुसार योग्यता, क्षमता, दक्षता भएको श्रमशक्ति विकास गर्ने नीति अनुसार विदेशमा गर्नुपर्ने कामसँग सम्बन्धित तालिमका लागि देशभर सीप विकास केन्द्र स्थापना गर्न लागेको उनले बताए ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सीप, र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न पुनर्एकीकरणको योजना समेत अघि बढाएको उहाँले बताउनुभयो ।

आर्थिक विकास र समृद्धिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न, आन्तरिक उत्पादन बढाउनस्वदेशी र विदेशी लगानी प्रवर्द्धन गर्ननिजीसँग सहकार्यका लागि सरकार तत्पर रहेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस