शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • पल शाहविरुद्ध अदालतमा पेश भए यस्ता ११७ प्रमाण
समाचार

पल शाहविरुद्ध अदालतमा पेश भए यस्ता ११७ प्रमाण

अभिनेता पल शाहविरुद्ध सरकारी वकिल कार्यालय तनहुँले ११७ वटा प्रमाण र बयानहरूको कागजात पेश गरेर मुद्दा दायर गरेको छ ।

विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेश गर्दै मुद्दा दर्ता गरिएको हो ।

विज्ञापन

अदालतमा २ जना गवाह र १६ साक्षी (देख्ने सुन्ने)सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पल शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ ।

विज्ञापन

यस्तै ८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैँडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेश गरिएको छ ।

सरकारी वकिल कार्यालयले दुई जना गवाह र १६ जना देख्ने/सुन्नेको बयानसहित उनीहरूको नामसमेत पठाएको छ ।

गवाहमा स्वयम् पीडित बालिका र अर्को एक परिवर्तित नाम पठाइएको छ ।

देख्ने/सुन्नेमा स–कुमारी, प्रदीप थापा, गंगा थापा, जीवन चौलागाईँ, दुर्गाबहादुर थापा, कमल खत्री, अर्जुन थापा, क्षेत्रबहादुर थापा, विष्णु थापा, सरोज ओली, योगेश शाह, रन्जत गुरुङ, दुर्गा अधिकारी, पानबहादुर जिसी, विष्णुप्रसाद अधिकारी र सीता आचार्य रहेका छन् ।

मुद्दामा पीडित बालिकाको यौनजन्य शारीरिक परीक्षण रिपोर्ट, पीडितले घटनामा खुलाएका, कार्यालयबाट लिइएको अडियो/भिडियोलगायतका प्रमाणहरू रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस