शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • ओली प्रवृत्ति बलियो बन्न नदिन गठबन्धन आवश्यक छ : रामचन्द्र पौडेल
समाचार

ओली प्रवृत्ति बलियो बन्न नदिन गठबन्धन आवश्यक छ : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा एक्लै लड्छु भन्नु अहंकार हुने बताएका छन् ।
पत्रकारसँग कुरा गर्दै नेता पौडेलले भने, “राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन, तर स्वार्थ नै स्थायी हुन्छ । अहिले पनि समावेशी लोकतन्त्र र संघीय गणतन्त्रप्रति वक्रदृष्टि छ । परिवर्तनको रक्षाका लागि एकताबद्ध हुनुको विकल्प छैन । हामी ठाउँ अनुसार चुनावी तालमेल गर्छौं । जस्तोः हाम्रो शक्ति पर्याप्त भएको व्यास नगरपालिकामा एक्लै लड्छौं र पर्याप्त नभएको शुक्लागण्डकीमा तालमेल गर्छौं ।”

एक्लै लड्छु भन्ने नाममा केपी ओली प्रवृत्तिलाई बलियो बन्न दिनु नहुनेमा उनको जोड छ । उनले थपे, “कांग्रेसले कुनै पनि अहंकार प्रदर्शन गर्नुहुन्न । हाम्रो ध्यान आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेमा हुन्छ । जसको बहुमत हुन्छ, सरकार त्यसैले बनाउँछ । त्यसैले कांग्रेस एक्लै लड्दा अरु मिलेर लडे भने के हुन्छ ? अहंकार गर्नु भनेको ओली प्रवृत्तिलाई बलियो बनाउनु हो । सबैलाई ओलीतिर धकेलेर कांग्रेस फेरि २३ सिटमा झर्नु भएन । हामी गठबन्धनलाई जोगाएर लैजाने पक्षमा छौं ।”

विज्ञापन

पार्टीभित्र न्यायोचित मूल्यांकनका लागि आफू लडिरहने पनि पौडेलले बताए । उनले भने, “शेखर कोइरालाले भागबन्डा चाहिँदैन भन्नुभएको छ । म कुनै पनि नेता कार्यकर्तालाई अन्याय गर्न पाइँदैन भनेर औंला ठड्याइरहेको छु । पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन हुनुपर्छ । यस पटक कांग्रेसलाई जिताउनुपर्छ ।”

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस