आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • समाचार
  • झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेको शक्ति प्रर्दशन,सयौं कार्यकर्ता एमाले प्रवेश
समाचार

झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेको शक्ति प्रर्दशन,सयौं कार्यकर्ता एमाले प्रवेश

इलाम, चैत ६-

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका छन । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुगेका हुन्। ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गरेका छन् ।

विज्ञापन

 

विज्ञापन

 

 

एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा गरिएको हो । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गरेको हो ।

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा सयौं कार्यकर्ता एमाले प्रवेश गरेको बस्नेतले बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस