शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • हलमा आएको पहिलो दिनमै ‘बच्चन पान्डे’ले कमायो यति धेरै !
समाचार

हलमा आएको पहिलो दिनमै ‘बच्चन पान्डे’ले कमायो यति धेरै !

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘बच्चन पान्डे’ अहिले हलहरूमा प्रदर्शन भइरहेको छ ।

चर्चित चलचित्रहरू चलचित्रहरू ‘गंगुबाई काठियावाडी,’ र ‘द कश्मीर फाइल्स’ले एक पछि अर्को रेकर्ड राखिरहेको समयमा बच्चन पाण्डे पनि हलमा आएको हो ।

विज्ञापन

तीव्र प्रतिस्पर्धाका बीच यस चलचित्रले दमदार शुरूवात गरेको छ ।

विज्ञापन

चलचित्र रिलिज भएको पहिलो दिन यस चलचित्रले १३.२५ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

शुक्रवार रिलिज भएको यस चलचित्रले दर्शकको ध्यान तान्न सफल भएको बताइएको छ ।

भारतीय चलचित्र विश्लेषक तरन आदर्शले एक ट्वीट गर्दै बच्चन पान्डेले एकैदिन १३.२५ करोड भारतीय रुपैयाँ कमाई गरेको जानकारी दिएका छन् ।

चलचित्रमा देखाइएको अक्षयको ग्याङस्टार लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बच्चन पान्डेको निर्देशक फरहाद सामजी हुन् भने अक्षयका साथै कृति सेनन, ज्याकलिन फर्नाडिज र अरशद वारसीले मुख्य भूमिका निभाएका छन् ।

एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस