विगत ५ वर्षदेखि प्रेममा रमाइरहेको जोडी हो, सौगात मल्ल र सृष्टि श्रेष्ठ । केही समय प्रेमलाई गुपचुप राखेका उनीहरु अचेल खुलेर प्रेम सम्बन्धको बारेमा बोल्ने गरेका छन् । यो जोडी विवाह बन्धनमा बाँधिने तयारीमा समेत छ । आउँदो वर्ष विवाहको योजनामा रहेका उनीहरुले ‘पोइ पर्यो काले’, ‘मासु भात’, ‘द सिक्रेट अफ राधा’, ‘रेड सुटकेश’ लगायतका फिल्ममा एकसाथ काम पनि गरिसकेका छन् ।
सृष्टि, सौगात मल्लको अभिनयको ठूलो प्रशंसक हुन् । एकसाथ काम गर्न थालेपछि उनले सौगातलाई राम्रो डान्सरको रुपमा पनि चिनेकी छन् । हालै एक ब्रोडकास्टमा उनले भनेकी छन्, ‘सौगात मल्ल राम्रो डान्सर हुनुहुन्छ । उहाँले डान्स स्टेप एकैछिनमा टिप्नुहुन्छ । बाल्यकालमा उहाँले स्टेज कार्यक्रमहरुमा नृत्य गर्ने र क्यारिकेचर गर्ने गर्नुहुन्थ्यो रे । उहाँलाई डान्स गर्न एकदमै मन पर्छ ।’
विज्ञापन
झट्ट हेर्दा राम्रो नृत्य गर्न नसक्ने देखिएपनि सौगात मल्लको डान्स गर्ने शैली आफूलाई एकदमै मनपर्ने सृष्टि बताउँछिन् । सौगात मल्लमा कोरियोग्राफरले सिकाउने डान्स स्टेजलाई एकैछिनमा टिपेर दुरुस्तै उतार्न सक्ने खुबी रहेको बताउँदै उनले भनेकी छन्, ‘उहाँको डान्स देखेर म आफैं छक्क पर्छु । त्यति चाँडो डान्स स्टेप टिप्ने कलाकार मैले कमै देखेको छु । म उहाँको नृत्यको फ्यान नै हुँ ।’
विज्ञापन
मिस नेपालको उपाधि जितेपछि फिल्ममा आएकी सृष्टि आफूलाई फिल्म इन्डस्ट्रीको एकदमै माया लाग्ने गरेको बताउँछिन् । चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एष्ट्रे’को पखाईमा रहेकी उनले भनेकी छन्, ‘हामीसँग त्यति धेरै साधन स्रोत नभए पनि जहाँ पनि र जस्तो अवस्थामा पनि सहजै काम गर्न सक्छौं । विस्तारै टेक्निकल रुपमा पनि नेपाली फिल्मले फड्को मारिरहेको छ ।’
फेसबुक प्रतिक्रियाहरु