शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • एलिजाको जोडी हुन मानेनन् कुन्साङ, घुइँचो टिम तनावमा
समाचार

एलिजाको जोडी हुन मानेनन् कुन्साङ, घुइँचो टिम तनावमा

काठमाडौँ ।

बढो तामझामका घोषणा भएको थियो फिल्म ‘घुइँचो’ को। नायिका घोषणा गरियो एलिजा गौतम अनि नायक कुन्साङ बोमजङ। बोमजङ नायिका मलिका महतको जोडि बनेर म्युजिक भिडियो खेलेर चर्चामा आएका थिए।

विज्ञापन

 

विज्ञापन

तामझामका साथ घोषणा गरेको कार्यक्रममा जब फिल्म निर्देशनको रूपमा दीपेन्द्र लामाको नाम आयो धेरै सञ्चारकर्मी छक्क परे। रङ्ग पत्रकारिता गर्दागर्दै फिल्म निर्देशनमा सक्रिय भएका उनी फिल्म निर्देशकमध्ये व्यवसायमा बढी नै सचेत देखिन्छन्। यो फिल्ममा नायकभन्दा पनि अनुबन्धन भएकी नायिकालाई लामाले कसरी स्वीकार गरे भन्ने नै हो।

एलिजा लगानीसहित नायिका हुने कलाकारको रूपमा फिल्म नगरीमा चर्चित छिन्। उनले यस भन्दा अगाडि अभिनय गरेको फिल्म उनका श्रीमान् ऋषि धमलाले निर्माण गरेका थिए। क्यानडामा बस्दै आएकी उनी नेपाल आएर घुइँचो घोषणा गर्दा नै कुन्साङ कति समय यो फिल्ममा टिक्छन् भन्ने शङ्का पनि थियो।

भयो पनि यस्तै। कुन्साङ यो फिल्मबाट बाहिर भइसकेका छन्। उनले आफू निकटहरूलाई फिल्ममा अभिनय नगर्ने बताइसकेका छन्। तर फिल्म निर्माण टोलीले यसबारे केही खुलाएको छैन। फागुनबाट फिल्म फ्लोरमा जाने बताइएको थियो। तर कुन्साङ ब्याक भएपछि फिल्म फ्लोरमा जान सकेन। अहिले फिल्म टोली एलिजासँग जोडी बाँधिन तयार नायकको खोजीमा छन्। एलिजा भने अहिले म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त छिन्। निर्देशक दीपेन्द्र फिल्म ‘२ नम्बरी’को छायाङ्कनतिर लागेका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस