काठमाडौं।
नेपाली स्टार फुटबल खेलाडि अनन्त तामाङले इण्डियन सुपर लिग (आईएसएल)को यो सिजन इस्ट बंगालको टोलीबाट खेलेर इतिहास रचेपछि आफ्नाे अनुभवबारे पहिलाे पटक मिडियामा अन्तर्वार्ता दिएका छन् ।
विज्ञापन
उनले अन्तर्वार्ता दिँदै इण्डियन सुपर लिग (आईएसएल) मा डेब्यू गर्नु आफना लागि गाैरवकाे बिषय भएकाे बताएका छन् ।
विज्ञापन
थ्री स्टारबाट ए डिभिजन लिग खेल्दै गर्दा उनलाई आईएसएलकाे अन्तिम दुई खेलका लागि इस्ट बंगाल फुटबल क्लबमा अनुबन्धित भएका थिए । तर उनले अन्तिम खेलमा डेब्यू गरेका थिए भने पूरा समय खेलेका थिए । तर उक्त खेलमा बंगाल टिम भारतीय कप्तान सुनील क्षेत्री रहेको क्लब बैंगलाेरसँग १–० ले पराजित रह्यो ।
राष्ट्रिय टोलीकै रोहित चन्दले इण्डोनेसियाको लिगा वान र कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतकै आई लिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । विदेशी लिग खेल्ने अनन्त वर्तमान राष्ट्रिय टोलीका तेस्रा खेलाडी हुन् ।
आईएसएलमा नेपालबाट डेब्यू गर्ने पहिलाे खेलाडी बनेका अनन्तले इस्ट बंगाल क्लबले आफ्नाे प्रदर्शनलाई हेरेर प्रस्ताव गरेकाे र आफुले स्वीकार गरेकाे बताएका छन् । उनले आफुले चाहेर मात्र वा स्वीकार गरेर मात्र नपुग्ने अवस्थामा थ्रि स्टारले आफुलाई रिलिज गरेर ठूलाे गुन लगाएकाे बताएका छन् ।
“छाेटाे समयमै निर्णय गरेर क्लबले मलाई इण्डियन सुपर लिगमा जाने अवसर दियाे । र रिलिज गरिदियाे । क्लबलाई धन्यवाद दिन्छु ।”, उनले भने, ” इस्ट बंगाल क्लबले मलाई पहिले देखी नै पछ्याईरहेकाे रहेछ । अनि मेराे प्रदर्शनलाई हेरेर नै उहाँहरुले प्रस्ताव गर्नु भएकाे हाे । ”
उनले आईएसएलका लागि भारतपुगेपछि त्यहाँ ३/४ दिन मात्रै ट्रेनिङ गर्न पाएकाे बताए । तर छाेटाे समयमा पनि आफ्नाे लगनशिलता तथा मेहनत र खेल्न सक्ने सामर्थ्य देखेर क्बलका काेचले राती आएर आफुले फ्लेईङ ११ मा राखेकाे जानकारी गराएकाे बताए । उनले भने, “काेचले प्लेईङ ११ मा रहेकाे जानकारी दिँदै खेल्न सक्छाै भनेर साेधेका थिए । मैले सक्छु भनेर जवाफ दिए।”
उनकाे खेलपछि काेचले खुसी ब्यक्त गरेकाे उनले बताएका छन् । छाेटाे समयमा तयारी गरेर पूरा म्याच खेलेकाे बताउँदै उनले काेचकाे प्रतिक्रियाबाट आफु निकै खुसी भएकाे बताए । त्यसैगरी टिमका अन्य खेलाडीले पनि राम्राे खेलेकाे भन्दै प्रशंसा गरेकाे र केही गल्तीहरुमा राम्राे सुझाब दिएकाे उनले बताए ।
यसैगरी भारतीय राष्ट्रिय टिमका कप्तान तथा बैंगलोर एफसीका समेत कप्तान रहेका चर्चित फुटबलर सुनिल क्षेत्रीसँग समेत उनले भेट गरेका छन् । भेटपछि नेपाली भाषी समेत रहेका सुनिल क्षेत्रीले आफुलाई प्रदर्शन राम्राे रहकाे र भविश्यका लागि शुभकामना दिएकाे अनन्तले बताए ।
अनन्तले माल्दिभ्समा भएकाे साफ च्याम्पियनसिपकाे बेलाकाे सुनिलसँगकाे कुराकानीलाई पनि सम्झिदै त्याे बेला आफुले सुनिलसँग हिन्दीमा केही कुरा गर्न खाेज्दा सुनिलले आफु पनि नेपाली भएकाे र नेपालीमै बाेल्न भनेकाे कुरा पनि उल्लेख गरे ।
“सुनिल दाईसँग हिन्दीमा कुरा गर्न खाेजेकाे थिए । म पनि नेपाली हाे। नेपालीमा बाेल भनेर भने । त्यसपछि नेपालीमा कुरा गर्याैं ।”, “उनले माल्दिभ्समा भएकाे साफ च्याम्पियनसिपलाई स्मरण गर्दै भने, सुनिल दाई भारतकाे मात्र नभएर एसियाकै आईकाेनिक प्लेयर हुनुहुन्छ ।”
आईएसएल खेल्ने खेलाडीहरु र काेचले दिनु भएकाे प्रतिक्रिया अनुसार आफुले आईएसएलमा फेरी अवसर पाउने चान्स धेरै भएकाे उनले बताए । उनले धेरै भन्दा धेरै ट्रेनिङ र मैत्रीपूर्ण खेलले नै नेपालकाे फुटबल फस्टाउने बताए । “मैले आईएसएलमा जान्छु । राष्ट्रिय टिममा पर्छु भनेर कहिले साेचिन । सबैकुरा मेहनत नै हाे ।” उनले भने, ” मेराे पहिलाे काेच भनेकै मेराे दाई हाे । ”
यसैबीच एनएसएलका लागि चितवन एफसीकाे मार्की खेलाडी समेत रहेका अनन्तले अहिले एनएसएलका लागि ब्यक्तिगत र टिमवर्कमा ध्यान दिईरहेकाे बताउँदै त्यसले नै जित तर्फकाे यात्रा बनाउने उनले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु