सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • चिउरा खाएर भोक टार्न बाध्य ओली !
समाचार

चिउरा खाएर भोक टार्न बाध्य ओली !

काठमाडौं । समय-समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो र भिडियो सामाजिक संञ्जालमा ‘ट्रोल’ बन्ने र भाईरल हुने गर्छ । कहिले सकारात्मक र कहिले नकारात्मक तरिकाले ।

प्राय जसो हसिलो मुद्रामा देखिने र बिभिन्न कार्यक्रममा उखान–टुक्का जोडेर नेता–कार्यकर्ताहरुलाई हसाउँन माहिर मानिने, राजनीतिक भाषण भन्दा हराएरै नेता–कार्यकर्ताहरुबाट तालि पाउने केपी शर्मा ओलीे चिन्तित मुद्रामा भोक टार्न चिउरा खादै गरेको तस्बिर सार्बजनिक भएको छ ।

विज्ञापन

फोटो सामाजिक संञ्जालमा भाइरल भइरहेको छ । जुन फोटो एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख पूर्वगृहमन्त्री खगराज अधिकारीले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

विज्ञापन

खगराज अधिकारीले आफु सहितको फोटो पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्– ‘आदरणीय अध्यक्षज्यू भेटघाटको व्यस्तताले ३ः०० वजे चिउरा खादै भोक टार्दै साथीहरूसग कुराकानीमा’ । उनको मतलब एमाले अध्यक्ष केपी शर्मा ओली भेटघाटमा व्यस्त गरेकाले चिउराले भोट टार्दै नेता कार्यकर्ताहरुसंग कुराकानी गरिरहेका छन् । फुर्सदले खाजा खाने समय पनि नभएको बुझिन्छ ।

केपी शर्मा ओलीको सो तस्बिरमा पार्टीका कार्यकर्ताले प्रशंसा गर्दै सकारात्मक टिप्पणी गरेका छन् भने कतिपयले सत्ता छाड्दाको पिडा र आउँदो निर्वाचनमा गठबन्धन बिरुद्ध एमाले एक्लै लड्दा आउने परिणमले नेकपा एमालेको हालत निकै खराब हुनसक्ने आंकलन गरेपछिको अवस्था बन्दै टिप्पणी गरेका छन् । कहिले काही चुनावमा सबैको ध्यान आफुतिर तान्न नेताहरुले बिभिन्न किसिमको हर्कत समेत गर्ने गरेका छन् ।

स्थानीय निर्वाचन नजिकिएसंगै पछिल्लो समय बिभिन्न राजनीतिक दलका पार्टी नेतृत्व देखि सामान्य कार्यकर्ताहरु समेत व्यस्त हुन थालेका छन् । टिकट पाउन र आफ्नो जित सुनिश्चि गर्न बिभिन्न दलका नेता–कार्यकर्ताहरु पार्टी परिवर्तन गर्न थालेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशव्यापी दौउडमा निस्किएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस