काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा ५ दल (सत्तारुढ गठबन्धनका दलहरू) मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दाबी गरेका छन्। धादिङको गल्छीमा आयोजित पार्टी कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धनका दलहरू मिलेर जाँदा सबै ठाउँमा जित्ने पनि दाबी गरे।
गठबन्धनमा रहेका सबै दलहरू चुनावमा मिलेर (तालमेल गरेर) जाने विषयमा सकारात्मक रहेको र सबै दलले मिलेर जाऊँ भनिरहेको उनले सुनाए। ‘अहिले नेपाली काँग्रेस, माओवादी र जसपाले हामीसँग भनिरहेका छन्, राजमोले पनि भनिरहेको छ- हामी मिलेर जाऊँ,’ नेपालले भने, ‘हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं, केपी ओलीको पार्टी धूलोपिठो हुनेछ। त्यो पार्टीको भविष्य खत्तम छ।’
विज्ञापन
उनले आफ्नै दम्भका कारण ओली सडकमा पछारिएको र आफूहरू देशको अगुवाइ गरिरहेको बताए। ‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पछारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले,’ उनले भने, ‘केपी ओली आफ्नै कुबुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन्। हामी देशको अगुवाइ गरिरहेका छौं।’
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु